alliance khabar

सोमबार, मंसिर ०८, २०८२

नेपालगन्ज, मङ्सिर ८ गते ।

नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ ।

विक्रम संवत् २०४३ सालमा स्थापना भएको सो अस्पतालले ओपीडि सेवा मार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेकोमा ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको शल्यक्रिया समेत गरेको अस्पतालका स्वास्थ्य प्रमुख निर्देशक डा.देवराज भारतीले बताउनुभयो ।

उहाँका अनुसार फत्तेवाल आँखा अस्पताल नेपालगन्जप्रति बिरामीहरूको भरोसा पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्क अनुसार २६ हजार २४४ जनाले अस्पतालको ओपिडी सेवा लिएका छन् । जस अनुसार साउनमा १० हजार ३३०, भदौमा ८ हजार ६६५ र असोजमा ७ हजार २४९ जना आँखाका बिरामीले सेवा लिएका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले एक लाख ३७ हजार ७३१ जना बिरामीलाई ओपिडी सेवा प्रदान गरेको थियो भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सो सङ्ख्या एक लाख ३३ हजार ३३३ रहेको थियो ।

चालु आर्थिक वर्षमा असोजसम्म एक हजार ३२६ जनाले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालका अनुसार साउनमा ४००, भदौमा ६०० र असोजमा ३२६ जना बिरामीले सर्जरी सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ७८८ र अघिल्लो आव २०८०/८१ मा आठ हजार ६१२ जनाले शल्यक्रिया सेवा लिएका थिए ।

अस्पतालले बेला बेलामा बिभिन्न बाँके जिल्लामा मात्र नभई नजिकका बिवभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम र अन्य सामुदायिक सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

गुणस्तरीय सेवा र भरोसाले फत्तेवाल आँखा अस्पताल प्रदेशदेखि भारतसम्मका बिरामीको प्रमुख रोजाइ बनेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सेवा लिने बिरामीमध्ये करिब ५० प्रतिशत भारतबाट आएका बिरामीहरु रहेका छन् । भारतको बहराइच, गोण्डा, गोरखपुर, लखनऊ, अयोध्या, सितापुर र लखिमपुर लगायतका शहरका बिरामी नियमित रूपमा उपचारका लागि फत्तेवाल आँखा अस्पताल आउने गरेका छन् ।

यस्तै नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल