alliance khabar

आइतबार, मंसिर ०७, २०८२

नेपालगन्ज, मङ्सिर ७ गते ।

बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधी र उपचार निःशुल्क हुँदै आएकोमा चालु आर्थिक वर्षबाट सो कार्यक्रम यस क्षेत्रका दुई ठुला निजी अस्पतालमा बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई नै रोज्ने गरेका पाइएको छ । निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले ठुलो समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताउनुभयो । उहाँले तीन सय शøयाको यो अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा गम्भीर समस्या भएको बताउनुभयो ।

भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा. उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताउनुभयो । डा. पराजुलीले भन्नुभयो, “अहिले दिनमा १२ देखि २० जनाको शल्यक्रिया र २० देखि ३० जनाको सामान्य प्रसूति भइरहेको छ । सामान्य बेडदेखि पोस्टअप बेडको चरम अभाव छ । कुनै दिन सय जनाभन्दा बढी प्रसूति गराउनेहरू आउने गरेका छन् । सबैलाई उपचार दिन समस्या छ ।”

उहाँले प्रसूति विभागमा चिकित्सक, अन्य जनशक्ति र बेड तत्काल थप्नुपर्ने बताउनुभयो । भेरी अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या जतिसुकै पुगे पनि कसैलाई पनि फिर्ता नगरी उपचार गरिएको अस्पतालले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले सरकारले दिएमा आमा सुरक्षा कार्यक्रम चलाउन तयार रहेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल