निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौँ,  माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व […]

चुनावका लागि जनशक्ति व्यवस्थापनको तयारी

धनगढी, माघ १९ गते ।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताउनुभयो । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि […]

देशलाई निकास दिन नेपाली कांग्रेस आवश्यक : उम्मेदवार चौधरी

भारदह(सप्तरी), माघ १९ गते ।  नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरीले मुलुक स सङ्कटग्रस्त अवस्थामा भएकाले देशलाई निकास दिन कांग्रेसको आवश्यकता रहेको बताउनुभएको छ । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कांग्रेस बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम बोल्दै उहाँले सो कुरा […]

मूल्य पाइने आशामा बोटमै जुनार

मन्थली (रामेछाप), माघ १९  गते । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यसवर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मुल्य आउने आशामा उनीहरु छन् । उनीहरुले अझै जुनार […]

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर (नवलपरासी),  माघ १९ गते । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य […]

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी, माघ १९  गते । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा […]

राष्ट्रपति पौडेल जापानमा

जापान, माघ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता […]

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी, माघ १८ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत्त्वपूर्ण संरचना प्राप्त गरेको छ । पुरातत्व विभागको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट त्यहाँ एक भव्य ‘स्क्वायर’ (वर्गाकार) दरबार को भग्नावशेषसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक शैलीको स्नानगृह जस्तो संरचना फेला परेको हो […]

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ, माघ १८  गते ।  माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ,  माघ १८ गते । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल