काठमाडौँ, माघ २१ गते । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वाणिज्यसँग सम्बन्धित निजी क्षेत्रको चासोका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो । सो अवसरमा सङ्घले तयार गरेको सुझाव प्रस्तुत गर्दै सङ्घका महासचिव जयन्तकुमार अग्रवालले केही महिनायता नेपालका लागि आयातित सामान […]
काठमाडौँ, माघ २१ गते । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु. २५/२५ हजार छ । मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्वपूर्ण प्राज्ञिक कार्य गरेबापत पुरस्कार घोषणा […]
काठमाडौँ, माघ २१ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सहआयोजनामा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकास […]
काठमाडौँ, माघ २१ गते । नेपाल उद्योग परिसङ्घले महिला उद्यमशीलताको विकासले मात्रै देशको समग्र आर्थिक विकास सम्भव हुने जनाएको छ । परिसङ्घले मङ्गलबार महिला उद्यमी महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई तथा स्वागत गर्ने कार्यक्रममा सो कुरा बताइएको हो । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै आर्थिक समृद्धिका लागि दुई संस्थाबिच सहकार्य गरेर […]
काठमाडौँ, माघ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोले नेपाल–जापानबिचको मित्रतालाई प्रगाढ बनाउँदै भविष्यमा थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दुई राष्ट्रप्रमुखबिच मङ्गलबार जापानमा भएको उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्तामा दुई देशबिचको ७० वर्ष लामो मित्रतालाई आपसी सहयोग र साझेदारीका बलमा सम्बन्धको आयामलाई थप उच्च बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । जापानको […]
कञ्चनपुर, माघ २० गते । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको हो । निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत […]
काठमाडौँ, माघ २० गते । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्य अभाव रहेकामा बरौनीबाट आइतबारदेखि नै ग्यास ढुवानी हुन थालेकाले अभाव […]
पश्चिम नवलपरासी, माघ २० गते । प्रकृतिको मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र नासिँदै गएको बेला पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सिमसार क्षेत्र संरक्षणलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले विगत केही वर्षदेखि वडा नम्बर १० स्थित बाउन्न घोला क्षेत्रमा रहेको सिमसारलाई संरक्षण गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । सिमसार क्षेत्रमा पोखरी निर्माण गरी थप व्यवस्थित […]
दाङ, माघ २० गते । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक […]