alliance khabar

आइतबार, भाद्र २१, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन सामान्य रहनेछ । घर परिवारसँग जोडिएका विषय मिलाउन समय दिनुपर्ने हुन सक्छ । नयाँ क्षेत्रमा लगानी गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ, आर्थिक रकम अड्किने सम्भावना देखिन्छ । बिहान गाईलाई पुरी खुवाएर दिनको सुरुवात गर्नु लाभदायी मानिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोजगारी वा कामसँग सम्बन्धित नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक पक्ष बलियो बन्ने संकेत छ । प्रेम सम्बन्धमा भने विवाद वा असमझदारी आउन सक्छ । साँझपख तनाव बढ्दा निद्रामा समेत असर पर्न सक्ने भएकाले मन शान्त राख्ने प्रयास गर्नुहोला । बिहान रातो रुमाल दान गर्नु शुभ मानिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अत्यावश्यक वा महत्वपूर्ण काम छ भने बिहान ११:३० बजेसम्म सम्पन्न गर्नु उपयुक्त हुनेछ । साँझपख लामो दूरीको यात्रा नगर्नु राम्रो हुन्छ । सामान्य विवाद, झमेला वा चोट पटकको सम्भावना रहेकाले व्यवहारमा सतर्कता अपनाउनुहोला । हरियो वस्तुको प्रयोग आजका लागि सकारात्मक रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जागिर तथा व्यवसाय दुवै क्षेत्रमा सफलता हात लाग्ने सम्भावना छ । आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर मिल्न सक्छ । यद्यपि मन केही अस्थिर वा चञ्चल रहन सक्छ । आफन्तबाट बेवास्ता वा हेलाको महसुस हुन सक्ने भएकाले भावनात्मक रूपमा संयमित रहनुहोला । अष्टगन्धको टीका लगाएर दिन सुरु गर्नु राम्रो मानिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज खानपानमा विशेष सावधानी आवश्यक छ । आफ्नो कुरा अरूलाई बुझाउने वा प्रभाव पार्ने क्षमता केही कमजोर हुन सक्छ । आमा बुवाप्रतिको सम्मान र जिम्मेवारीको भावना अझ बढ्नेछ । बिहान टाढाको यात्राबाट जोगिनु राम्रो हुन्छ । विपन्न व्यक्तिलाई भोजन तथा कपडा सहयोग गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफूले चाहेजस्तो खानपान वा दैनिक सुविधा नपाइन सक्छ । जागिर र व्यवसायमा भने सामान्य प्रगति हुने देखिन्छ । केही समय मन खिन्न वा उदास रहन सक्छ । आफ्नो इष्टदेवताको स्मरण गर्दै पहेँलो फूल अर्पण गरेर दिनको सुरुवात गर्नु शुभ मानिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अनावश्यक आरोप वा अपजसको सामना गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले हरेक विषयमा सोच विचार गरेर प्रतिक्रिया दिनुहोला । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । विरोधी वा प्रतिस्पर्धीमाथि सफलता हासिल गर्ने अवसर मिल्न सक्छ । आमाबुवाको सेवा गर्नुका साथै अस्वस्थकर खानपानबाट टाढा रहनु लाभदायी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिहान केही सुस्तता र आलस्य महसुस भएपनि दिउँसोपछि सक्रियता बढ्नेछ । धन, ज्ञान र बौद्धिक क्षमतामा सकारात्मक प्रगति हुने संकेत छ । आफन्तसँग बिग्रिएको सम्बन्ध सुधारतर्फ जानेछ । आज कुकुरलाई खानेकुरा खुवाउनु शुभ मानिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सन्तानसँग सम्बन्धित चिन्ताले मनमा असर पार्न सक्छ । दिन नियमित काममै बित्नेछ र विशेष नयाँ अवसर तत्काल प्राप्त नहुन सक्छ । आमाबुवाको सेवा गर्ने मौका मिल्नेछ । बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु सकारात्मक मानिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)

दाम्पत्य जीवनमा देखिएका असमझदारी हट्दै सम्बन्धमा मिठास बढ्नेछ । मन प्रसन्न रहनेछ र धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ । भेटघाट तथा सामाजिक सम्पर्क बढ्ने सम्भावना छ । यद्यपि बोल्दा शब्द छनोटमा विशेष ध्यान दिनुहोला । निलो वस्तुको प्रयोग गर्नु शुभ मानिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिउँसो सामान्य स्वास्थ्य समस्या देखिन सक्छ, त्यसैले आफ्नो शरीरलाई आवश्यक आराम दिनुहोला । साँझतिर मिठो भोजनको अवसर मिल्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ र पारिवारिक वातावरण सकारात्मक बन्नेछ । आज कापी कलम दान गर्नु राम्रो मानिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अध्ययन तथा लेखनमा रुचि बढ्नेछ र पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ । व्यापारिक क्षेत्रमा प्रगति हुने सम्भावना छ । सामाजिक तथा परोपकारी काममा सहभागी हुँदा मनमा सन्तुष्टि मिल्नेछ । समग्रमा दिन उत्साह र प्रसन्नताका साथ बित्ने संकेत छ । बिहान माता लक्ष्मीको पूजा तथा सेवा गरेर दिन सुरु गर्नु शुभ मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ