alliance khabar

आइतबार, जेठ १७, २०८३

हिले, जेठ १७ गते ।

 १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलोमान किङ, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुरमुरले गोल गर्नुभयो। बेलबारीका विवेक पौडेलको प्रहार भने आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले बचाउनुभयो।

आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानका विवेक गुरुङ, विदेशी खेलाडी फेमी, ओलायामी ताइव र प्रिसोले गोल गर्नुभयो। राम वाजीको प्रहार बेलबारीका गोलकिपर अजय परियारले बचाउनुभयो भने पृथ्वी चौधरीको प्रहार पोस्टबाहिर गएको थियो।

उपाधिसँगै बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपियाँ र गोल्डकप प्राप्त गर्यो। उपविजेता बनेको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो।

यसैगरी, प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ आयोजक टोलीका पदम भट्टराई घोषित हुनुभयो। उहाँले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर बेलबारीका अजय परियार, उत्कृष्ट मिडफिल्डर आयोजक टोलीका राम वाजी, उत्कृष्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की, उत्कृष्ट प्रशिक्षक बेलबारीका सुमन श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता बेलबारीका सोलोमान किङ घोषित हुनुभयो। उहाँहरूले जनही ११ हजार पाँच रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो।

यस्तै, प्रतियोगिताको उदीयमान खेलाडी आयोजक टोलीका प्रतीक थापा मगर घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो।

खेलपछि आयोजित समारोहमा विजेता तथा उपविजेता टोली र विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलगायत अतिथिहरूले गोल्डकप, नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो। प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल