नेपालगन्ज, माघ १७ गते । पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगन्ज नाकाबाट जडिबुटी निकासी हुने क्रम फेरि वृद्धि हुन थालेको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज जडिबुटी निकासीको ‘हब’ मानिन्छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा यो नाकाबाट ३३ करोडभन्दा बढीको जडिबुटी निर्यात भइ […]
निजगढ (बारा), माघ १७ गते । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ । दक्षिण एसियाकै नमुना विकास पूर्वाधार मानिने नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) मा दुई पहाड जोड्न बन्दै गरेका ८९ वटा […]
गुल्मी, माघ १७ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो एक हप्तामा प्रशासन कार्यालयले सात लाख ८१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार राहदानीबाट सात लाख ६७ हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १४ हजार रुपियाँ […]
मध्यविन्दु , माघ १७ गते । नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया […]
काठमाडौँ, माघ १६ गते । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ । कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो । अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल […]
म्याग्दी, माघ १६ गते । म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरस्थित पोखरी किनारमा रमाउँदै पर्यटक र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सौन्दर्य ।
महेन्द्रनगर, माघ १६ गते। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन्। सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई […]
काठमाडौँ, माघ १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ। राष्ट्रिय सहिद दिवस, २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेनजी सुशासन योद्धा र अमर प्रहरीको विवरण सहितको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । […]
काठमाडौँ, माघ १६ गते। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]
धनकुटा , माघ १६ गते। नेपाल ज्योतिष परिषद् धनकुटाको छैटौं अधिवेशनले सरोज घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । परिषद् उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिव पेशल दाहाल, सहसचिव सौरभ पोख्रेल, कोषाध्यक्ष सृजना अधिकारी रहनुभएको छ । सदस्यहरुमा दीपक दाहाल, […]