alliance khabar

आइतबार, भाद्र २१, २०८३

नेपालगन्ज, भदौ २१ गते ।

 बाँकेमा उत्पादन हुने जडीबुटीजन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिका–२, कचनापुरस्थित जयदुर्गा भवानी सामुदायिक वनक्षेत्रमा आधुनिक प्रशोधित जडीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव–वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक आयआर्जनका रूपमा मेन्था, लेमनग्रास र क्यामोमाइल जस्ता जडीबुटी खेती प्रवर्धन गरिएको छ ।

सबडिभिजन वन कार्यालय, शमशेरगन्जका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार जयदुर्गा भवानी सामुदायिक वनक्षेत्रमा किसानले मेन्था, लेमनग्रास र क्यामोमाइलको व्यावसायिक खेती गर्दै आएका छन् । प्रशोधनपछि निस्किने तेल सुरक्षित राख्ने पूर्वाधार नहुँदा गुणस्तरमा ह्रास आउने समस्या थियो । सोही समस्यालाई सम्बोधन गर्न भण्डारण केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो ।

वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार यस क्षेत्रमा मात्र ७० भन्दा बढी परिवारले तेल उत्पादन हुने जडीबुटी खेती गर्दै आएका छन् । आधुनिक चिस्यान भण्डारण केन्द्र बनेपछि किसान उत्साहित भएको उहाँले बताउनुभयो । पछिल्ला वर्षहरूमा सुरक्षित भण्डारण, प्रशोधन र बजारीकरणको अभावमा केही किसान जडीबुटी खेतीबाट विमुख हुँदै गएको गुनासो आएपछि वन कार्यालयले १२ लाख रुपियाँको लागतमा उक्त केन्द्र निर्माण गरेको हो ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार चर्को घाम, तापक्रमको उतारचढाव र चुहावटका कारण तेलको गुणस्तर घट्ने, रासायनिक तत्व कम हुने र तौल घट्ने समस्या थियो । गुणस्तरमा ह्रास आउँदा किसानले उचित मूल्य पाउन सकेका थिएनन् । उहाँले भण्डारण केन्द्र सञ्चालनमा आएपछि यो समस्या हट्ने र किसानले प्रतिस्पर्धी मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ