युवा संघले बनायो फलामे खोलामा अस्थायी पुल

फिदिम, साउन ८ गते । नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् । मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुलविहीन […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, साउन ८ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा  फिर्ता पठाउनु भएको छ । पाँच आधारसहित  विधेयक फिर्ता गरिएको छ । सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ […]

क्रेडिट सुइसको जरिवाना घटाइयो

लक्जेमबर्ग, साउन ७ गते ।  युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ । लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ […]

ताप्लेजुङमा ६० किलोग्राम जडीबुटी सङ्कलन

ताप्लेजुङ, साउन ७ गते।  ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी सङ्कलन भएको हो। डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात गएको आमा कुल ५९ लाख ९०० […]

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ, साउन ७ गते ।  लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी एकनारायण शर्माले सङ्घीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी […]

रुस-युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने अपेक्षा

इस्तानबुल, साउन ७ गते । युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्तिवार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बिचमा आएको छ । सफलताको अपेक्षा कम छ । यसअघि दुवै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको […]

चुनावी पराजयपछि राजीनामा दिने जापानी प्रधानमन्त्रीको योजना : स्थानीय मिडिया

टोकियो, साउन ७ गते ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्नुहुने बुधबार रिपोर्टहरूले जनाएका छन् । प्रधानमन्त्री शिगेरु इशिबाको पछिल्लो चुनावी पराजयले उहाँको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ । रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका-जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय […]

पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण

महेन्द्रनगर (धनुषा), साउन ७  गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको […]

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो रसन् १९८१ मा तथ्याङ्क सङ्कलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो । सियोल, साउन ७ गते ।  दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि […]

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाडौँ, साउन  ७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल