भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना

केदारनाथ, भदौ १५ गते : मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो । हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताउनुभयो । “हेलिकोप्टरमा कुनै यात्रु वा सामान […]

जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न राष्ट्रसङ्घ प्रमुखको आह्वान

नुकुआलोफा (टोङ्गा), भदौ ११ गते : टोङ्गाको नुकुआलोफामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको विश्वव्यापी समुद्री सतहमा अभूतपूर्व वृद्धिलाई उल्लेख गर्दै जलवायु परिवर्तनविरुद्ध तत्काल आवश्यक कदम चाल्न विश्व नेताहरूलाई आह्वान गर्नुभएको छ । मुख्यतया जीवाश्म ईन्धनको व्यापक प्रयोगले विश्वव्यापी तापक्रम साथसाथै समुद्री सतहको वृद्धि निम्त्याइरहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ […]

ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा

काठमाडौँ, भदौ १० गते । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो । उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आउनुभएको हो […]

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्नुहुँदै गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसे

काठमाडौँ, भदौ ८ गते । गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ । शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण […]

एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

काठमाडौँ, भदौ ८ गते । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ […]

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबिचको सम्बन्ध बर्सौँ पुरानो भएको […]

अठतिस नेपालीद्वारा नागरिकता परित्याग

स्याङ्जा, भदौ ५ गते । स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् । हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा […]

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

नयाँ दिल्ली, भदौ ३ गते । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री […]

इजरायली आक्रमणमा १० जनाको मृत्यु

बेरुत, लेबनान, भदौ २ गते । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल