प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

थियानजिन (चीन),भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री […]

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ, भदौ १४ गते ।  कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले […]

चीनको शान्सी प्रान्तसँग सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, भदौ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले […]

बेलायतमा नेपाली मेला : १० हजारले गरे अवलोकन

बेलायत, भदौ  ९ गते । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो ।  आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ […]

नवीन साझेदारीमा नेपाल र भियतनाम

काठमाडौँ, भदौ ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको […]

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ, भदौ  ८ गते ।  युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ । रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर […]

परराष्ट्रमन्त्रीसँग विपिनको परिवारको भेट : रिहाइको थप प्रयत्न गर्न आग्रह

काठमाडौँ, भदौ ८ गते।  हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा. अरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा  देउवासँग भेट गर्नुभएको हो। मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै उहाँहरुले आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता […]

भारतका विदेश सचिव मिस्री स्वदेश फिर्ता

काठमाडौँ, भदौ २ गते ।  भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भ्रमणकै […]

पाकिस्तान : बाढी र पहिरोबाट १९९ जनाको मृत्यु

वार्सा, साउन ३० गते । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । बाढी र […]

कोरियाली खाना बनाउने तालिम सम्पन्न

काठमाडौँ, साउन २६ गते ।  रोजगार अनुमति प्रणाली (ईएपीएस) दक्षिण कोरियामा रोजगारी गरेर फर्केका युवाका लागि सञ्चालित कोरियाली खानाका परिकार बनाउने सात दिने तालिम सम्पन्न भएको छ । कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) र कोरिया सरकारअन्र्तगतको मानव संशाधन विभाग (एचआरडी) को संयुक्त आयोजनामा साउन १९ देखि २६ गतेसम्म  कोरियाली खानाका परिकार बनाउने तालिम सोमबार सम्पन्न […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल