काठमाडौँ ,साउन ३२ गते परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जान लाग्नुभएको छ। परराष्ट्रमन्त्री भएपछि डा. आरजु राणा आउँदो आइतबार पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो। डा. राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो। डा. राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री […]
काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।
काभ्रेपलाञ्चोक, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि […]
काठमाडौँ, साउन २६ गते । बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो । बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो […]
ढाका, साउन २५ गते : नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । […]
काठमाडौँ, साउन २४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री भण्डारीले क्षेत्रीय […]
सन्धिखर्क, साउन २२ गते । अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको प्रमाणपत्र लिँदा सात हजार ३६३ जनाले राहदानी बनाएका छन् । यो सङ्ख्या जिल्लाबाटै वितरण भएको राहदानीको सङ्ख्या […]
काठमाडौँ, साउन २२ गते । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन […]
काठमाडौँ, साउन २१ गते : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र […]
कास्की, साउन १५ गते । गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस […]