alliance khabar

सोमबार, पुष २८, २०८२

काठमाडौँ, पुस २८ गते ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४  रुपियाँ ५७ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५५ पैसा र बिक्रीदर १६८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपियाँ ९६ पैसा र बिक्रीदर १९३ रुपियाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २७ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ४८ पैसा र बिक्रीदर १०३ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ८२ पैसा र बिक्रीदर ११२ रुपियाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६३ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३४ पैसा र बिक्रीदर ३५ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६४ पैसा र बिक्रीदर १५ रुपियाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४७ पैसा र बिक्रीदर १८ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ८० पैसा र बिक्रीदर ४७२ रुपियाँ ७६ पैसा , बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९३ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल