alliance khabar

शनिबार, पुष २६, २०८२

जेनेभा, पुस २६ गते ।

 मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ ।

पत्रकारसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० लाख मानिसलाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्दै सुडानको सम्पूर्ण क्षेत्रमा सङ्कट फैलिएको जनाउनु भएको छ । उहाँले सुडानले विश्वको सबैभन्दा ठुलो विस्थापन सङ्कटको सामना गरिरहेको कुरामा जोड दिदै ९३ लाख मानिस देशभित्रै विस्थापित भएको र ४३ लाख भन्दा बढी सीमा पार भागेको बताउनु भएको छ ।

ओसिएइचएका अनुसार एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तिमा २० अन्य क्षेत्र जोखिममा छन् । हाल देशभरि दुई  करोड १० लाखभन्दा बढी मानिस तीव्र रूपमा खाद्य असुरक्षामा रहेको अनुमान गरिएको लेर्केले उल्लेख गर्नुभयो ।

महिला तथा बालबालिकाले सबैभन्दा ठुलो बोझ झेलिरहेको बताउदै । महिला-नेतृत्व भएका परिवारले खानाको लागि पर्याप्त नभएको उल्लेख गर्दै भोकमरी बढ्दै गइरहेको उल्लेख गर्नु भएको छ । लार्केले संयुक्त राष्ट्रले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल