गौशाला (महोत्तरी), फागुन २३ गते । प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो । उहाँको निकटतम […]
बाजुरा, फागुन २३ गते । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाहले […]
काठमाडौँ, फागुन २३ गते । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत […]
भद्रपुर (झापा), फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। हिजो फागुन २१ गते सम्पन्न मतदानको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले जिल्लाका परम्परागत राजनीतिक गढहरूमा ठुलो फेरबदल ल्याउने संकेत देखिएको छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका […]
भद्रपुर (झापा), फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का केपी शर्मा […]
मनाङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो। मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ […]
पोखरा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वि.सं. २०४६ पछि सरकारमा गएका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिने उल्लेख गर्नुभयो। […]
जमुनाह (बाँके), फागुन १४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेस स्पष्ट योजना र कार्यक्रमसहित मतदातामाझ आएको बताउनुभयो। सभापति थापाले आफ्नो दुई दशक लामो राजनीतिक र सामाजिक अनुभवको स्मरण गर्दै शिक्षा […]
सर्लाही, फागुन १३ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो […]
जाजरकोट, फागुन १३ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सात वटा स्थानीय तहमा रहेका १४६ वटा मतदान केन्द्रमा आठ सय बढी कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन कार्यालयका अधिकृत दुर्गाप्रसाद खनालका अनुसार निर्वाचनका लागि जाजरकोटमा ८८३ जना कर्मचारी तोकिएका छन् । निर्वाचनलाई […]