काठमाडौँ, चैत ८ गते । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत […]
काठमाडौँ, चैत ८ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक […]
काठमाडौँ, चैत ५ गते । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी […]
कठमाडौँ, चैत ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि बुधबार आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा कृतज्ञतासमेत व्यक्त गर्नुभयो । यसै […]
काठमाडौँ, चैत ५ गते । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र […]
धनगढी, चैत ४ गते । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो । नेकपा (एमाले) ले विकभन्दा कनिष्ठलाई समानुपातिकबाट छानेको […]
हुम्ला, चैत ४ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया यतिबेला मतदाता भेट्न घरदैलोमा निस्कनुभएको छ । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासा सुन्न उहाँ बस्ती बस्तीमा पुग्नुभएको हो । निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य रोकायाले उत्तरी नाम्खा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेको […]
काठमाडौँ, चैत ३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ । अमेरिका र चीनबिच लामो […]
काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय […]
पशुपतिनगर, चैत १ गते । विद्यार्थीकालदेखि राजनीतिक चेत र सपना बोकेर निरन्तर राजनीतिक यात्रामा लागेका ३५ वर्षीय युवा निस्कल राईको अबको यात्रा सङ्घीय संसद्तिर मोडिएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा इलाम क्षेत्र नं. १ बाट निर्वाचित भएसँगै निस्कल राईको अबको यात्रा केन्द्रीय राजनीतितिर मोडिएको हो । विद्यार्थीकालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति सुरु गरेका राई शिक्षा, […]