महेन्द्रनगर, माघ १६ गते। कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन्। सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई […]
काठमाडौँ, माघ १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ। राष्ट्रिय सहिद दिवस, २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेनजी सुशासन योद्धा र अमर प्रहरीको विवरण सहितको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । […]
मोरङ माघ १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ । माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको […]
काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण शुक्रबार देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, […]
सुर्खेत, माघ १५ गते । ४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । दलीय व्यवस्थाले भ्रष्टाचार झाँगिएको भन्दै उहाँले स्वतन्त्र रूपमा देश र जनताको अपेक्षा […]
मकवानपुरगढी, माघ १५ गते । बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् । एक विधेयक प्रदेश सभाबाट पारित भए पनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । प्रदेश चिट्ठा विधेयक संसद्बाट पारित भए पनि प्रदेश प्रमुखबाट […]
काठमाडौँ, माघ १५ गते । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौँ, माघ १४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । महाशाखाकाअनुसार तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भवना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी […]
हुम्ला, माघ १३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा उम्मेदवारले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी […]
चितवन, माघ १२ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर […]