alliance khabar

शुक्रबार, बैशाख १८, २०८३

काठमाडौँ, वैशाख १९ गते ।

 अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे भएको उक्त भेटवार्तामा उहाँहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झण्डै २० मिनेट चलेको उक्त शिष्टाचार भेटमा विशेष गरी नेपाल र अमेरिकाबिचको आर्थिक साझेदारी, विकास सहायता र आपसी हितका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपालको आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप लगानी तथा सहयोगका क्षेत्रबारे समेत संक्षिप्त विमर्श भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर हाल नेपाल भ्रमणमा रहनुभएको छ । उहाँ बिहीबार राति नेपाल आइपुग्नु भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल