alliance khabar

बिहिबार, बैशाख १७, २०८३

काठमाडौँ, वैशाख १७ गते ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा  बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता प्रकाश ज्वालाले विभिन्न कम्युनिस्ट घटकबिच एकता भएपछि राष्ट्रिय महाधिवेशन मङ्सिरमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित २७ दलबिच एकता भएर नेकपा बनाएको हो । “पार्टीको जेठ मसान्तसम्म सङ्घ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनको समायोजन गर्ने, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने निर्णय भएको छ, उहाँले भन्नुभयो, “आगामी भदौ १५ सम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, कात्तिक १५ प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल