काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्नुहुँदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने […]
काठमाडौँ, जेठ १२ गते । कतिपय सूचकमा सुधार देखिए पनि अर्थतन्त्रले अपेक्षित गति लिन नसकेपछि सरकारले आयोग नै गठन गरेर समस्या र सुधारका क्षेत्र पहिचान गरिसकेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा २०८१ असोज २२ गते गठित आयोगले चैत अन्तिम साता बुझाएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले समयसीमा र जिम्मेवार […]
दाङ, जेठ ११ गते । सानो सानो एकैनासका घर लहरै एउटै लाइनमा छन् । खरले छाएको तर छाना कुहिएर पानी चुहिने भएको छ । माटाको भित्ताले बेरिएको घरका भित्ता भ्वाङ परेका छन् । आँगन घाँस र झाडीले भरिएको छ । १७ वर्षअगाडि स्थापना भएको घोराही उपमहानगरपालिका–७, सिसहनियास्थित नमुना थारूग्राम अहिले जीर्ण बनेको छ । थारू समुदायको पहिचान झल्काउने उद्देश्यले […]
काठमाडौँ, जेठ ११ गते । नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित हुनुभएको छ । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो […]
काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा […]
काठमाडौँ, २०८२ जेठ ८ — नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले ‘श्रमजीवीका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम जेठ ९ गते पार्टी कार्यालय सानेपामा दिउँसो १२:१५ बजे सुरु हुन लागेको हो। कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षाका विविध पक्षमा विज्ञहरूले […]
तनहुँ, जेठ ८ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताउनुभयो। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताउनुभयो। विधान अनुसार म्याद थप गर्ने […]
राजेन्द्र बहादुर राउत – हाल अमेरिका। मेरो विचारमा गैर आवासीय नेपाली संघ नेपाली भूमि बाहिर विदेशमा रहेका नेपाली र विदेशी नागरिकता लिएर विदेशमा बसोबास गर्ने नेपाली मूलका विश्वभरका नेपालीहरूको साझा संस्था हुनुपर्ने हो । यो संस्था गैर आवासीय नेपालीहरूको ज्ञान , सीप , अनुभव , पुँजी र प्रविधिको परिचालन र उपयोग गरी नेपालको आर्थिक एवं […]
काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने […]
लमजुङ, जेठ ४ गते । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति […]