नेपाली कांग्रेस बन्यो ठुलो दल

काठमाडौँ, माघ १२ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो । १७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रिय सभामा २५ पुगेको थियो […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ११ बजेसम्म १६१ जनाले गरे मतदान

घोराही, माघ ११ गते ।  राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् । बिहान ११ बजेसम्म प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय नौ जना गरेर एक सय ६१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ […]

राष्ट्रिय सभा निर्वाचन दुई पदका लागि छ जना प्रतिस्पर्धा

मकवानपुर, माघ ११ गते ।  राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । दुई वटा मतदान केन्द्र रहने उक्त मतदानस्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि […]

विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षा मन्त्री पौडेल

पश्चिम नवलपरासी, माघ ११ गते । नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाउनुभएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट […]

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

लेखनाथ, माघ ८ गते।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ।  यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय […]

कांग्रेस मुख्यसचिव पौडेलद्वारा राजीनामा

काठमाडौँ, माघ ८ गते।   नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रियसभा सदस्यसमेत रहनुभएका उहाँले आज पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिनुभएको हो। तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]

तयार हुँदै दलका घोषणापत्र

काठमाडौँ, माघ ८ गते । राजनीतिक दलका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न जुटेका छन् । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न दलका नेता पार्टी कमिटीका सुझावसहित विषयविज्ञ राखेर घोषणापत्र तयार गर्न गृहकार्यमा लागेका हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, देशमै रोजगारीलगायत मुद्दा केन्द्रमा राखेर दलहरूले घोषणापत्र ल्याउने […]

मतदाता भेट्दै, ज्ञान बाड्दै डा.महावीर पुन

म्याग्दी, माघ ८ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै […]

शान्तिपूर्ण वातावरणमा उम्मेदवारको मनोयनन दर्ता

जनकपुरधाम, माघ ७ गते  । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन पुुगेका विभिन्न दलका उम्मेदवारले गणतन्त्रको सुदृढीकरणका साथसाथै संविधानलाई सही ट्र्याकमा ल्याउन र देशको […]

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ,  माघ ७ गते ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल