यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, चैत ९ गते ।  नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १५ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ […]

संसद् अधिवेशन नयाँ सरकारको सिफारिसमा

काठमाडौँ, चैत ९ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य मोहम्मद […]

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा छुट्टै डेस्क

काठमाडौँ, चैत ९ गते ।  विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन […]

गुराँस जोगाउन स्थानीय सरकारको अपिल

रेसुङ्गा(गुल्मी) चैत ८ गते ।  अहिले गुल्मीका जङगल र पाखा पखेराहरुमा गुराँस फुलेर राताम्य बनेको छ । देख्दा निकै आर्कषक हुने भएकाले गुराँस हेर्न जानेहरुको घुइँचो छ । तर गुराँको फुलनै चुँडेर रमाइलो गर्ने, डोसाएर फाटो खिच्ने, हाँगाहरु भाच्ने हुन थालेपछि स्थानीय सरकारले अपिल निकाल्न पर्ने अवस्था आएको छ । रेसुङ्गा नगरपालिकाले सार्वजनिक रुपमा धार्मिक […]

सरकार गठनको तयारीमा रास्वपा

काठमाडौँ, चैत ८ गते । प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका  छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत […]

संसद् अधिवेशनका लागि तयारी पूरा

काठमाडौँ, चैत ८ गते ।  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक […]

बालविवाह अन्त्यका लागि प्रदेश सांसदसँग नीति–संवाद

दाङ, चैत ८ गते । नेपालमा बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशका सांसदहरूले नीतिनिर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह न्यूनीकरणमा प्रदेशसभा सदस्यको भूमिका विषयक नीति–संवाद कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त कार्यक्रम लुम्बिनी प्रदेश संसदीय मञ्चको आयोजनामा सम्पन्न भएको हो भने ब्याकवार्ड एजुकेशन सोसाइटी ९बेस० र जस्ट […]

ज्वालादेवी माविमा प्रतिमा स्थापना र छात्रवृत्ति घोषणा

काठमाडौँ, चैत ८ गते ।  सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँ राशिको छात्रवृत्ति स्थापना गरिएको छ । काठमाडौँको क्षेत्रपाटी निवासी उपेन्द्रकुमार प्रधानले स्वर्गीय माता लहरमाया प्रधान र स्वर्गीय श्रीमती पुण्यश्वरी प्रधानको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गर्ने घोषणा गर्नुभएको हो । विद्यालयमा शनिबार आयोजित प्रतिमा अनावरण तथा मूर्ति प्राणप्रतिष्ठा कार्यक्रममा छात्रवृत्ति […]

टिप्पर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन, चैत ८ गते । पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टिप्पर चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, […]

नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा डाँगी चयन

काठमाडौँ, चैत ८ गते । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल