alliance khabar

सोमबार, आषाढ ०८, २०८३

काठमाडौँ, असार ८ गते ।

 अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टक रिसोर्टमा प्राविधिक स्तरको वार्ता सुरु भएको छ । वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लेबनानमा जारी युद्धविरामको विषयमा केन्द्रित रहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

दुई देशबिच हालै सम्पन्न प्रारम्भिक शान्ति सम्झौतापछि बाँकी रहेका प्राविधिक तथा राजनीतिक एजेन्डालाई निष्कर्षमा पु¥याउन यो ६० दिने वार्ता प्रक्रिया सुरु गरिएको हो । इरानको आणविक महत्वाकाङ्क्षालाई सीमित गर्ने र युरेनियम संवर्धनको सीमा तय गर्ने विषय, इजरायल र हेज्बुल्लाहबिच लेबनानमा भइरहेको युद्धविराम उल्लङ्घनको घटना र पश्चिम एसियामा सैन्य तनाव कम गर्ने प्रयास, हर्मुज जलमार्ग निर्बाध सञ्चालन गर्नेलगायतका विषय वार्तामा समावेश गरिएका छन् ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गलिबाफले गर्नुभएको छ । पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ पनि वार्तामा सहभागी हुनुभएको छ । गएको शुक्रबार हुने तय भएको वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका पाँच सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको इजरायले दाबी गरेको छ ।

इरानको सरकारी समाचार संस्था ‘इर्ना’ ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घन गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताउनुभयो ।

उहाँका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल