सर्लाही, असोज ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहान […]
काठमाडौँ, असोज ६ गते । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह […]
वासुलिङ (बैतडी), असोज ६ गते । दशैंको नवरात्र सुरु भएसँगै बैतडीका डाँडा, पाखा र वनजङ्गल देवी–भक्तिको सुगन्धले परिपूर्ण हुन थालेका छन् । जिल्लाभरिका १६ बहिनी भगवती देवीमध्ये बैतडीमा मात्रै निङ्गलाशैनि, रणशैनी, त्रिपुरासुन्दरी, पोटलाशैनि, डिलाशैनि, कफलाशैनि, बोदलाशैनि र भागाशैनि गरी सात बहिनी दुर्गामन्दिर छन् । यतिबेला यी मन्दिरहरू रंगीन सजावट, धूपबत्तीको सुगन्ध र देवीगाथाको स्वरले उज्यालो […]
काठमाडौं, असोज ६ गते । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम ३ वजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको हो । राष्ट्रपति कार्यालयको सूचना अनुसार आज दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम सारिएको हो । आज मन्त्री पदका लागि महावीर पुन, […]
काठमाडौँ, असोज ६ गते । हिन्दुहरुको महान् चाड बडा दसैँ आज (सोमबार)बाट सुरु भएको छ । यस अवसरमा सोमबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ […]
काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले […]
काठमाडौँ, असोज ५ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा हुनुभएको छ । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक […]
काठमाडौँ, असोज ५ गते । सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो । आयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी […]
काठमाडौँ, असोज ५ गते। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो। […]
काठमाडौँ, असोज ५ गते । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]