alliance khabar

सोमबार, आषाढ २२, २०८३

गुलरिया (बर्दिया), असार २१ गते ।

बर्दियामा असारको तेस्रो सातासम्म ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ । असार १५ मा पानी परेपछि धमाधम धान रोपाइँ सुरु भएको बर्दिया जिल्लामा हालसम्म ३० प्रतिशत धान रोपाइँ भएको हो ।

बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा जेठको अन्तिम सातादेखि नै धान रोपाइँ सुरु भएको थियो । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा ती स्थानमा रोपाइँले गति लिन सकेको थिएन । रोपेको गरा सिँचाइ अभावमा चिरा पर्न थालेपछि रोपाइँ सुस्त भएको थियो । पानी परेपछि बर्दिया जिल्लाभरि धान रोपाइँले तीव्रता पाएको छ ।

नदीमा पानीको मात्रा बढेपछि बबई सिँचाइ आयोजना, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले पानी धेरै छोडेका छन् । सिँचाइ नपुगेका स्थानमा किसानले भूमिगत पानीबाट सिँचाइ गरी धान रोपिरहेका छन् ।

बर्दिया जिल्लामा पानी परेपछि तीव्र गतिमा धान रोपाइँ भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले बताउनुभयो । उहाँले सबैभन्दा बढी राजापुर र गेरुवामा धान रोपाइँ भएको बताउँदै बर्दिया जिल्लाभरि आजसम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको बताउनुभयो । असार मसान्तसम्म अधिकांश क्षेत्रमा धान रोपेर सकिने उहाँको भनाइ छ ।

बर्दियामा भूमिगत सिँचाइबाट धान रोप्ने किसान भने विद्युत्को समस्याले हैरान छन् । पटक पटक विद्युत् जाने र भोल्टेज नआउने समस्याले गर्दा रोपाइँ प्रभावित भएको छ । धान रोप्ने समयमा विद्युत् अनियमित हुँदा समस्या परेको गुलरिया नगरपालिका–२, पण्डितपुरका कृष्ण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा खेताला लगाएर विद्युत् कुरेर बस्नुपर्ने अवस्था आएको छ ।”

एकीकृत कृषि तथा पशुपन्छी कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले बर्दियामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल