काठमाडौँ, चैत २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ । महाशाखाकाअनुसार अहिले काठमाडौँ उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतिर सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ […]
पशुपतिनगर, चैत १ गते । विद्यार्थीकालदेखि राजनीतिक चेत र सपना बोकेर निरन्तर राजनीतिक यात्रामा लागेका ३५ वर्षीय युवा निस्कल राईको अबको यात्रा सङ्घीय संसद्तिर मोडिएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा इलाम क्षेत्र नं. १ बाट निर्वाचित भएसँगै निस्कल राईको अबको यात्रा केन्द्रीय राजनीतितिर मोडिएको हो । विद्यार्थीकालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति सुरु गरेका राई शिक्षा, […]
दाङ, चैत १ गते । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु […]
बागलुङ, चैत १ गते । चौपारीदेखि गैँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा–बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ । दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २०८० चैतमा सम्झौता भएको थियो । सडक निर्माणको समय सकिन एक महिना बाँकी छ । समयमै काम नसकिँदा १५ किमीको भकुन्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले जोखिमपूर्ण यात्रा गर्नु […]
काठमाडौँ, चैत १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको […]
भरतपुर (चितवन), चैत १ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान […]
ललितपुर ,फागुन ३० गते । पशुपतिनाथप्रतिको अभद्रता र बागमतीको दुर्दशाप्रति राष्ट्रदेवसँग क्षमायाचना गर्दै मुलुकमा स्थायित्व एवम् राष्ट्रिय एकताको कामनाका साथ धार्मिक पर्यटन विस्तारका लागि बृहत् पाशुपत पदयात्रा कार्यक्रम आयोजना गर्न लागिएको छ । जसअन्तर्गत यही चैत १६ गतेदेखि करिब ४० दिनसम्म काठमाडौं उपत्यका लगायत आसपासका १० जिल्लाका चौसठ्ठी सिद्धलिङ्ग दर्शनको कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]
काठमाडौँ, फागुन ३० गते । निर्वाचनको कारण हलमा दर्शक पातलिएको बेला अब चैत महिनामा भने हलमा दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । चैतमा चार वटा चलचित्र प्रदर्शनमा आउँदै छन् । चैतको दोस्रो साता अर्थात् १३ गते एक मात्र चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन हुँदै छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन […]
काठमाडौँ, फागुन ३० गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिनुभएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र […]
काठमाडौँ, फागुन ३० गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपालको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सार्वजनिक गरेको छ । एक दिनअघि एन्फाका महासचिव किरण राईले एरेनालाई एक वर्षको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । स्विट्जरल्यान्डमा जन्मिएका ५२ वर्षीय एरेना प्रो लाइसेन्स प्राप्त इटालियाली प्रशिक्षक हुनुहुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक […]