काठमाडौँ, वैशाख ३१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखा पर्न […]
कल्याणपुर (सप्तरी), बैशाख २९ गते । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ । आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, हवनका […]
हिले, वैशाख ३० गते । एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा एलएक्स सिटीले डाँडा वजार फुटबल क्लब धनकुटालाई २–० गोल अन्तरले पराजित गरेको हो । छैठौँ मिनेटमा अभिषेक ठकुरीले पहिलो गोल गर्नुभयो । त्यस्तै ५१औँ मिनेटमा सिटीको लागि अरुण तामाङले दास्रो गोल […]
काठमाडौँ, वैशाख ३० गते । प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार आयरल्यान्ड पठाउने भनी ४१ लाख ९० हजार रुपियाँ ठगी गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ३५ वर्षीय प्रेमबहादुर साउद पक्राउ परेका छन् […]
भूमे रुकुमपूर्व, बैशाख ३० गते । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् । गाउँमा पहिले पनि कृषि उत्पादन हुने गरेकोमा सहकारीले बजारीकरण गर्न थालेपछि किसानले बजारसँगै उचित मूल्य पाउन थालेका हुन् । यसले स्थानीय उत्पादनमा बृद्धि हुन थालेको छ । […]
लन्डन, वैशाख ३० गते । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ […]
काभ्रेपलाञ्चोक, वैशाख ३० गते । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति […]
भोजपुर, वैशाख ३० गते । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ [गुराँस] पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी […]
धनगढी, वैशाख ३० गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ । निकुञ्ज […]