काठमाडौँ, साउन २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु […]
कालीकोट, साउन २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका प्रमुख एक सय पर्यटकीय गन्तव्य छनोट गर्ने क्रममा पचाल झरनालाई ६४ औँ स्थानमा सूचीकृत गरेको छ । समुद्री सतहबाट करिब ९७० मिटरको उचाइमा रहेको यो झरना ३८१ मिटर लामो छ । कर्णालीको कालीकोटमा अवस्थित पचाल झरना नेपाल सरकार र नेपाल पर्यटन बोर्डको प्रमुख पर्यटकीय गन्तव्यको […]
काठमाडौँ, साउन २० गते । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबिच सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अनशनरत नर्स रानाभाटबिच बुधबार भएको वार्तापछि १९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रसाद सुवेदीले सहमतिपत्रमा […]
धनगढी, साउन २० गते । नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन् । नैतिक रूपमा सङ्कट र राजनीतिक रूपमा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाह संवैधानिक व्यवस्थाबमोजिम अबको आठ दिनपछि कुर्सीबाट स्वयम् हट्नुहुने भएकाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता […]
काठमाडौँ, साउन १९ गते । ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाउनुभएको छ । राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस सङ्घका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो । पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुन लागेको हो । पारा एसियाली […]
काठमाडौँ, साउन १९ गते । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ। विभिन्न माध्यमबाट ग्यास अभावका खबर सम्प्रेषण भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। अघिल्ला वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै ग्यास आयात र वितरण […]
हेटौँडा (मकवानपुर), साउन १९ गते । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री बज्राचार्यलाई शपथ ग्रहण गराउनुभएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा मङ्गलबार नै नियुक्त गर्नुभएको थियो। उहाँ पुनर्गठित […]
नेपालगन्ज, साउन १९ गते। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा करिब दुई वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ विपन्न तथा गरिब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख […]
काठमाडौँ, साउन १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल गुणस्तर तथा […]
काठमाडौँ, साउन १९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु […]