पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्छ : मन्त्री शाही

बर्लिन (जमनी), चैत १२ गते ।  विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग क्लाइमेट डाइलग’ आयोजना गर्दै आएको छ। विशेष गरी जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल […]

विद्युतीय गाडी दुर्घटनामा चार विद्यार्थी घाइते, चालक फरार

दुल्लु, चैत १२ गते । दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दैलेख सदरमुकामबाट आठबीस नगरपालिका जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुने सबै विद्यार्थी हुन् । आज भएको विज्ञान विषयको पुरक परीक्षा दिएर घर फर्कंदै गरेका चारजना […]

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

बेरुत, जेरुसेलम, चैत १२ गते ।  लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । “एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ । नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पु¥याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको […]

बोलेरो दुर्घटनामा आठजना घाइते

कालीकोट, चैत १२ गते । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ ।  सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा आठ जना घाइते भएका छन् । क.प्र.०२००२ च ०७०७ नम्बरको डबलक्याप बोलेरो ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना  भएको प्रहरीले जनाएको छ ।  घटना स्थलमा प्रहरी नायब निरीक्षक जयाल […]

फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै तिलोत्तमा

तिनाउ (रुपन्देही), चैत १२ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । […]

विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी

सुर्खेत, चैत १२ गते । गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । विद्युतीय तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुईतले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

काभ्रेपलाञ्चोक, चैत १२  गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ ।  अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन […]

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोट, चैत १२ गते ।  कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ । नगरप्रमुख गाउँमा हिँड्दा, विद्यालयमा जाँदा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगरेको भन्दै शिक्षक बराललाई सरुवा गरेको पाइएको हो । शिक्षक बरालले आफूहरूले व्यक्तिगत प्रशंसा गर्न नसकेको […]

पुल नहुँदा जोखिमपूर्ण यात्रा

तम्घास, चैत १२ गते । कालीगण्डकी कोरिडोरमा पुल नहुँदा सवारीसाधन र यात्रुले सास्ती भोग्दै आएका छन् । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मीको रिडी–हर्मीचौर सडकखण्डमा पर्ने दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा सवारीसाधनका साथै यात्रुले सास्ती खेप्नु परेको हो । वर्षायामको समयमा खोलामा पानीको बहाव बढ्ने र हिउँदको समयमा ढुङ्गासहितको गेग्य्रान हुने हुँदा सवारी चलाउन समस्या हुने गरेको सवारीचालक लोकबहादुर […]

चार दिदीबहिनीले सुरु गरे सात हिमालको आरोहण

दोलखा, चैत १२ गते ।  हिमआरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एक शेर्पा घरपरिवारका चार दिदीबहिनीले सात महादेशका सात वटा अग्ला हिमालको आरोहण गर्न सुरु गरेका छन् । स्व. दोर्जी शेर्पा तथा रिन्जिनडोमा शेर्पाका सुपुत्रीहरु छिरी आङजुम, निमा जाङमु, छिरिङ नामया र दावाफुटी शेर्पाले सात समिट शिखर आरोहण गर्न लाग्नुभएको हो । उहाँहरुले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल