काठमाडौँ, साउन १९ गते ।
ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाउनुभएको छ ।
राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस सङ्घका अध्यक्ष विकास थापाले जानकारी दिनुभयो ।
पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुन लागेको हो । पारा एसियाली खेलकुद जापानमा अक्टोबर १८ तारिखदेखि सुरु हुनेछ ।