लुम्बिनी सरकारद्वारा अस्थायी दरबन्दी स्वीकृत

गुल्मी, वैशाख ९ गते।  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मङ्गलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०७६ […]

तराई र उपत्यकामा तातो दिन

काठमाडौँ, वैशाख ९ गते ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

गुल्मी, वैशाख ८ गते।  लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि […]

‘शून्य बाँकी फाइल सप्ताह’ सफल

काठमाडौँ, वैशाख ८ गते । सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान […]

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान, वैशाख ८ गते ।  लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो। वृद्धाश्रम निर्माणस्थलको करिब तीन सय मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि […]

दंगीशरण दरबार उत्खननमा भेटिएका पुरातात्त्विक सामग्री सार्वजनिक

दाङ, वैशाख ८ गते । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा जारी उत्खननका क्रममा फेला परेका पुरातात्त्विक सामग्री सार्वजनिक गरिएको छ। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननबाट प्राप्त सामग्री सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सामग्रीमा लिच्छविकालीन इट्टादेखि थारू समुदायले पूजापाठमा प्रयोग गर्ने माटोका घोडाका आकृति, महिलाले लगाउने चुरा, धनुषका […]

‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको […]

साङ्गीतिक प्रस्तुति दिँदा सर्जकको नाम अनिवार्य

कास्की, वैशाख ८ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल […]

खुल्यो पुनः श्रम स्वीकृति

काठमाडौँ, वैशाख ८ गते । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल