काठमाडौँ, चैत १७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ । महावीरको मङ्गलबार दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् […]
रसुवा, चैत १६ गते । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो । […]
काठमाडौँ, चैत १६ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएर ६४ दिन अस्पताल बसाइ पूरा भएपछि ‘डिस्चार्ज’ भएकी २० वर्षीया लिजा अधिकारी घरमै आराम गर्दै परीक्षाको नतिजाको प्रतीक्षामा हुनुहुन्छ । मोरङ घर भएकी अधिकारी काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । जेनजी आन्दोलनका क्रममा घाइते उहाँको हात र कुमको जोड्तीबाट गोली वारपार भएको […]
काठमाडौँ, चैत १६ गते । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय […]
भैरहवा, चैत १६ गते । पाँच सय कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत भैरहवामा आयोजित धम्मयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । करिब पाँच सय नवप्रवजित सामणेर तथा भिक्षुको सहभागितामा सम्पन्न यात्राले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ । भगवान् बुद्धले राजगृहदेखि कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राबाट प्रेरित यस धम्मयात्रालाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत […]
वराहक्षेत्र, चैत १६ गते । बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ। मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा […]
काठमाडौँ, चैत १६ गते । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा […]
काठमाडौँ, चैत १५ गते । सिन्धुपाल्चोक जिल्लाको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३५ मिनेटमा स्थानीय परिमाण (एमएल) ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। खानी तथा भूगर्भ विभागअन्तर्गतको केन्द्रले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्र सिन्धुपाल्चोकको नुल्थाला खर्क क्षेत्रमा परेको हो। भूकम्पको धक्का […]
काठमाडौँ, चैत १४ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । महानगरप्रमुख हुँदा साहसिक काम र सङ्घीय सरकारसँग स्थानीय […]
भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको […]