काठमाडौँ, मङ्सिर १९ गते । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले बिहीबार २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, […]
काठमाडौँ, मङ्सिर १५ गत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ । एन्फा कार्यसमितिको सोमबार बसेको आपत्कालिन बैठकले राष्ट्रिय लिग पुसमा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय पनि गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले राष्ट्रिय लिग […]
काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित […]
काठमाडौँ मङ्सिर १५ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स […]
काठमाडौँ, मङ्सिर १४ गते । जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार साँझ भएको खेलमा काठमान्डु कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै प्लेअफ उन्मुख बनेको हो । जितसँगै लिगमा ६ खेल सकेको काठमान्डुको आठ अङ्क पुगेको छ । […]
काठमाडौँ, मङ्सिर १३ गते । सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । […]
काठमाडौँ, मङ्सिर १३ गते। सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताए। त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक […]
बागलुङ, मङ्सिर १२ गते । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ट्रफी अनावरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले बागलुङकै […]
काठमाडौँ, मङ्सिर १२ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने […]
काठमाडौँ, मङ्सिर ११ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन […]