न्युयोर्क, असार ११ गते । अमेरिकाले इरानको विश्वकप टोलीमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकी गृह सुरक्षा विभागले मङ्गलबार इरानले अब आफ्नो खेलको दुई दिनअगाडि अमेरिकाको यात्रा गर्न सक्ने जनाएको छ । यसअघि इरानी टिमलाई खेलको २४ घण्टाभित्र अमेरिकामा प्रवेश गर्न र सोही दिन छोड्नुपर्ने नियम बनाइएको थियो । इरानले गत शुक्रबार अमेरिकाले आफ्नो टिममाथि […]
मियामी, असार ९ गते । विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भेर्डेको जादुई सुरुवात जारी रहेको छ । पाँच लाख जनसङ्ख्या मात्र भएको केप भेर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । केप भेर्डेले सोमबार अर्को स्तब्धकारी नतिजा निकाल्ने व्रmममा दुई पटकको विजेता उरुग्वेसँग २–२ ले बराबरीमा खेल्यो । खेलको २१ औँ मिनेटमा […]
न्युयोर्क, असार ८ गते । उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र अस्ट्रियाले एकअर्कासँग सोमबार खेल्दा दुवैको नजर नकआउट चरणमा हुने छ । यी दुवैले आआफ्नो पहिलो खेल सहजै जितेका थिए । लियोनेल मेसीको प्रेरणादायी ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको थियो । मेसी अहिले विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँगै […]
न्युयोर्क, असार ४ गते । लियोनेल मेसीले कीर्तिमान आफ्नो छैटौँ विश्वकपको सुरुवात ह्याट्रिकसहित गर्नुभएको छ । मेसीले बुधबार अल्जेरियाविरुद्धको खेलमा तीन गोल गरेर विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी गर्नुभएको हो । यी दुवै खेलाडीले विश्वकपमा कुल १६–१६ गोल गर्नुभएको छ । मेसीको ह्याट्रिकमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर विजयी सुरुवात […]
काठमाडौँ, असार ३ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता […]
न्युयोर्क, असार ३ गते । विश्वकप फुटबलको उपाधि जितको खोजीमा अमेरिका पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह ‘के’ मा आफ्नो पहिलो खेल बुधबार कङ्गोविरुद्ध खेल्ने छ । सधैँ उपाधि दाबेदारका रूपमा प्रस्तुत भए पनि पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । यसपालि पनि पोर्चुगललाई दाबेदारका रूपमा लिइएको छ । सन् १९९६ मा तेस्रो स्थान पोर्चुगलको […]
काठमाडौँ, असार १ गते । मोर्डन इन्डियन स्कुलको आयोजनामा एमआइएस कप–२०२६ अन्तरविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिता सोमबारदेखि आयोजना हुने छ । चार दिने सो खेलकुद मेलामा क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसका प्रतियोगिता समावेश गरिएको छ । जसमा १२ विद्यालयका छ सयभन्दा बढी विद्यार्थीले भाग लिने छन् । […]
काठमाडौँ, जेठ २८ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ । केही वर्षअघि अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उहाँ अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व […]
काठमाडौँ, जेठ २८ गते । विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । विश्वभरका फुटबल समर्थक अहिले नै […]
नेपालगन्ज, जेठ २७ गते । युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपालगन्जमा सञ्चालन गरिएको “दोस्रो माननीय कप टी–१० क्रिकेट प्रतियोगिता” को उपाधि वडा नम्बर ८ ले जितेको छ। लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको सहयोगमा भेरी रकर्स स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालगन्जको वडा नम्बर १८ लाई २९ […]