alliance khabar

शनिबार, साउन ०२, २०८३

न्युयोर्क, साउन २ गते ।

सन् १९५८ को विश्वकप फुटबल फाइनलमा ब्राजिलका महान् खेलाडी पेलेले लगाएको १० नम्बरको जर्सी ४९ लाख डलरमा बिक्री भएको छ ।

१७ वर्षीय पेलेले सो खेलमा स्विडेनविरुद्ध ब्राजिललाई जित दिलाउन दुई गोल गरेर विश्वकप फाइनलमा सबभन्दा कम उमेरका खेलाडीले गोल गरेको कीर्तिमान राख्नुभएको थियो । जुन कीर्तिमान अहिलेसम्म भङ्ग भएको छैन । यो विश्व फुटबलकै अहिलेसम्मको दोस्रो महँगो जर्सी बिक्रीका रूपमा रहेको छ ।

यसअघि अर्जेन्टिनाका डिएगो म्याराडोनाले सन् १९८६ मा इङ्ग्ल्यान्डविरुद्ध ह्यान्ड अफ गडका रूपमा चर्चित गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ९३ लाख डलरमा बिक्री भएको थियो । विश्व फुटबलका यी दुवै महान् खेलाडीको निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल