घरजग्गा कारोबार क्रमशः ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

काठमाडौँ, मङ्सिर ५ गते । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन […]

कालानमक धानको जात लोप हुँदै

राँझा (बाँके),  मङ्सिर ४ गते । बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार बढी गर्नुपर्ने, रोग र कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरू यसको साटो ‘हाइब्रिड’ धानतर्फ आकर्षित भएको कृषि ज्ञान […]

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती, मङ्सिर ४  गते ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा  वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा […]

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ,  मङ्सिर ३ गते ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य  तोलामा रु. दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ६० ले बढेको छ […]

पुनः आन्दोलित इमेज सहकारीपीडित

बागलुङ (गलकोट), मङ्सिर १ गते ।  बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् । इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् […]

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ, मङ्सिर १ गते ।  विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि […]

पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन

फुङलिङ, मङ्सिर १ गते ।  प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी […]

कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त

काठमाडौँ, मङ्सिर १ गते ।  नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ । यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत […]

निजी क्षेत्रको छत्तिस अर्बसहित कुल छयहत्तर अर्बको क्षति

काठमाडौँ, मङ्सिर १ गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुलुकभर करिब ७६ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा अर्थमन्त्री रामेश्वर खनालले यस्तो विवरण सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री खनालका अनुसार सरकारी तवरमा क्षतिको मूल्याङ्कन गर्ने क्रममा […]

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ, मङ्सिर १ गते ।  नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपियाँबराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल