alliance khabar

शुक्रबार, बैशाख ११, २०८३

दाङ, वैशाख ११ गते ।

सटरभरि रैथाने हस्तकलाले सजिएका छन् । ढकिया, डेल्वा, डेल्या, भौका, डोक्नी, छिट्वा, गोन्द्री, मच्वा, खट्या, माटाका भाडा लगायत स्थानीय परम्परागत हस्तकला बिक्रीका लागि राखिएका छन् । यो दृश्य दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु सांस्कृतिक संग्रहालयको छेउमा रहेको “कोसेली घर” को हो । स्थानीय समुदायको रैथाने हस्तकला, सीप र संस्कृति नै आत्मनिर्भरताको एउटा उदाहरण बन्दै गएको छ ।

कुनै बेला थारू समुदायको घरभित्र सीमित जस्तो देखिने थारू समुदायका रैथाने हस्तकला सामग्री आज मनव्य आम्दानी बनिरहेको छ । स्थानीय उत्पादन प्रवर्धन तथा व्यवसायीक केन्द्रद्वारा सञ्चालित यस कोशेली घरले मासिक पचास हजार रुपियाँसम्म आम्दानी गर्दै आएको केन्द्रकी अध्यक्ष शान्ता चौधरी बताउनुभयो ।  “रैथाने हस्तकलाले अहिले गाउँमा रोजगारीको सिर्जन गरेको छ, उहाँले भन्नुभयो, हामीले अहिले प्रत्यक्षरुपमा तीन जनालाई रोजगार दिएका छौं, भने गाउँ गाउँमा उत्पदान गरेका हस्तकला हामीले खरिद गरिरहेका छौं, जसले गर्दा गाउँमा रोजगारीको सिर्जना भएको छ ।” यस्तै उहाँले  पुर्खाैले हस्तकलाको पहिचान  झल्काउदै आम्दानीसँगै परम्पराग संस्कृतिलाई पनि जोगाइ रहेको बताउनुभयो ।

ढक्या, ढकिया, डेल्वा, छिट्वा, हेल्का, डेल्या, डोक्नी, भौका, भौकी, पटकी गोन्द्री, ढच्या गोन्द्री, माटाका गोल्द्रा, भोक्टी, गाग्री जस्ता परम्परागत सामग्रीहरू अहिले सजिलै बजारमा पाइरहेकाछन् । भित्ताभरि सजाइएका सामग्रीमध्ये ढकिया सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको छ । “एउटा ढकिया दुई हजारदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुन्छ, उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो बजार यही ढकियाले पाएको छ ।” त्यसैगरी डोक्नी पनि उत्तिकै लोकप्रिय बनेको छ, जसको मूल्य पाँच सयदेखि दुई हजार रुपियाँसम्म पर्छ । अन्य रैथाने हस्तकालाहरु पनि उत्तिकै बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीले पुरानोलाई हस्तकला सीपलाई नयाँ पुस्तासँग जोड्यौं,” अध्यक्ष चौधरीले भन्नुभयो, त्यसैले अहिले यो केवल भान्साको सामग्री मात्र होइन, सजावटको वस्तु र उपहारका रूपमा पनि प्रयोग हुन थालेको छ ।” कोशेली घरको प्रभाव चखौरामा मात्र सीमित छैन । यहाँ उत्पादित सामग्रीको माग दाङको शहरदेखि काठमाडौँसम्म पुगेको छन् । केही उत्पादनहरू त उपहारका रूपमा विदेशसमेत जान थालेका छन् । “अब हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय बजार हो,” चौधरीले दृढताका साथ भन्नुभयो, हामीले गुणस्तर र डिजाइनमा सुधार गर्दै त्यसतर्फ तयारी गरिरहेका छौं ।”

यस पहलले स्थानीय युवामा पनि नयाँ ऊर्जा भरेको छ । विदेश जाने सोच बनाइरहेका धेरै युवाहरू अहिले हस्तकला सीप सिक्दै यहीँ स्वरोजगारतर्फ लाग्न थालेका छन् । “हामी युवालाई सीपसँग जोड्दैछौं,” चौधरी भन्नुभयो, यसले बेरोजगारी घटाउने मात्र होइन, हाम्रो ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण पनि हुन्छ ।” स्थानीय महिलाहरूका लागि त यो कोशेली घर अझ ठुलो अवसर बनेको छ । घरायसी काममा सीमित उनीहरू अहिले उत्पादन, व्यवस्थापन र बिक्रीमा सक्रिय देखिन्छन् । यसले उनीहरूको आर्थिक सशक्तीकरणसँगै आत्मविश्वास पनि बढाएको छ । रैथाने हस्तकलाको यो अभियानले  आम्दानीसँगै पहिचान, अवसर र सम्भावनाको नयाँ ढोका पनि खोलिदिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल