alliance khabar

सोमबार, बैशाख २१, २०८३

शारदा (सल्यान), वैशाख २१ गते ।

सल्यानमा यस वर्ष काफल उत्पादन घटेको छ । जङ्गल, किसानका ढिक तथा काल्ना क्षेत्रमा पाइने काफल अघिल्ला वर्षको तुलनामा कम फलेपछि स्थानीयको आम्दानीको स्रोतमा समेत असर परेको छ । परम्परागत रूपमा काफल सङ्कलन गरी बिक्री गर्दै आएका यहाँका स्थानीयले यसबाट राम्रो आम्दानी गर्दै आएका थिए ।

विशेष गरी जिल्लाको कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, कालिमाटी, शारदालगायतका पालिका क्षेत्र काफलका लागि परिचित मानिन्छन् । यहाँ काफल पाक्ने मौसममा दाङलगायत छिमेकी जिल्लाबाट समेत सर्वसाधारण काफल खान आउने गर्छन् । यस वर्ष उत्पादन न्यून भएपछि पहिले जस्तो चहलपहल नभएको स्थानीयले बताएका छन् । अघिल्ला वर्षमा प्रशस्त फल्ने काफल यस पटक निकै कम मात्रामा देखिएको छत्रेश्वरी गाउँकार्यपालिका सदस्य तिला घर्ती बताउनुहुन्छ ।

स्थानीयले काफल सङ्कलन गरेर नजिकैको बजारमा लगेर बिक्रीमार्फत आम्दानी गरेर घर खर्च चलाउने गरेको भए पनि निकै कम काफल फल्दा आयआर्जनमा प्रत्यक्ष प्रभाव पारेको उहाँको भनाइ छ । कपुरकोट क्षेत्रमा समेत निकै कम काफल फलेको कपुरकोट गाउँपालिका–४ का वडाध्यक्ष मित्रलाल कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रका मानिसले काफल फल्ने मौसममा २५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्थे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल