उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर […]

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमान्डौ-मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार त्रिभुवन विमानस्थलबाट ४:५० बजे धनगढीका […]

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा परिवर्तन : वरिष्ठ उपाध्यक्ष कार्की

काठमाडौँ, १५ साउन — नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तन र न्यायोचित रुपान्तरणको एक दिबसिय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले “जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा परिवर्तन भएको बताउनु भयो । ” प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र […]

दुध उत्पादकलाई प्रोत्साहन अनुदान

सुर्खेत, साउन १५ गते । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ […]

पर्यटकको औसत बसाइ बाह्र दिन

कास्की, साउन १५ गते । गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस […]

ठुला पोल उत्पादन गर्दै हुलास

काठमाडौँ, साउन १५ गते । हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा […]

रोपाइँ बढ्यो, उत्पादन बढ्ने

काठमाडौँ, साउन १५ गते । देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । […]

धानचामल आयात घट्यो

काठमाडौँ, साउन १५ गते । गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ । गत आवमा १२ अर्ब ९४ करोड १० […]

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ, साउन १३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – साउन १२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै युरोपियन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल