alliance khabar

सोमबार, बैशाख १४, २०८३

काठमाडौँ, वैशाख १४ गते ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ३७ पैसा र बिक्रीदर १७७ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपियाँ ६६ पैसा र बिक्रीदर २०४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ६८ पैसा र बिक्रीदर १९२ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६५ पैसा र बिक्रीदर १०८ रुपियाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ११ पैसा र बिक्रीदर ११० रुपियाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ९४ पैसा र बिक्रीदर ११८ रुपियाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ०१ पैसा र बिक्रीदर २२ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १२ पैसा र बिक्रीदर ४० रुपियाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ २८ पैसा र बिक्रीदर ४१ रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १९ पैसा र बिक्रीदर १० रुपियाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३५ पैसा र बिक्रीदर १६ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६१ पैसा र बिक्रीदर २३ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपियाँ ६० पैसा र बिक्रीदर ४०० रुपियाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपियाँ ९० पैसा र बिक्रीदर ३९२ रुपियाँ ४६ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल