बजेटमा बढेन तलब र सामाजिक सुरक्षा भत्ता

काठमाडौँ, जेठ १६ गते:   सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार सङ्घीय संसदमा प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। गत वर्ष जस्तै बजेटले राष्ट्रसेवक कर्मचारीको विषय र सामाजिक सुरक्षा भत्ताको विषयलाई छुन सकेन। प्रस्तुत बजेटमा राष्ट्रसेवक कर्मचारीको […]

रगत अभावले बिरामीलाई सास्ती

नेपालगन्ज, जेठ १६ गते : अत्यधिक गर्मी र तातो हावा ‘लु’ का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख […]

भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

कञ्चनपुर, जेठ १६ गते : कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ । जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका […]

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौँ, जेठ १६ गते : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका […]

शिविरमा साढे चारसयको निःशुल्क उपचार

म्याग्दी, जेठ १६ गते : गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् । मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था […]

एउटा ट्रकले गर्दा २२ घण्टा राजमार्ग अवरुद्ध

नवलपुर, जेठ १६ गते : एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ । सडक छेउमा फसेको बा […]

छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन, जेठ १५ गते : छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलव ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै […]

स्याङ्जाका पालिकाले घटाउँदै बेरुजु

वालिङ, जेठ १५ गते : स्याङ्जाका स्थानीय तहले बेरुजु घटाउँदै लगेको छ । एक वर्षको अन्तरालमा जिल्लाका ११ वटै पालिकाहरू बेरुजु रकम घटाउन सफल भएका हुन् । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा स्याङ्जाका पालिकाहरूको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको छ । […]

नेपालगन्ज र कोहलपुरका विद्यालय पाँच दिनका लागि बन्द

नेपालगन्ज, जेठ १५ गते : अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । तातो हावा ‘लु’ र अत्यधिक तापक्रमका कारण नेपालगन्ज र कोहलपुरका विद्यालयहरू मङ्गलबारदेखि पाँच दिनका लागि बिदा दिने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा र कोहलपुरको […]

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

ढोरपाटन (बागलुङ), जेठ १५ गते : पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ