Alliancekhabar

मंगलबार, जेठ १५, २०८१

नेपालगन्ज, जेठ १५ गते : अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् ।

तातो हावा ‘लु’ र अत्यधिक तापक्रमका कारण नेपालगन्ज र कोहलपुरका विद्यालयहरू मङ्गलबारदेखि पाँच दिनका लागि बिदा दिने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा र कोहलपुरको शिक्षा शाखाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नेपालगन्जका सबै विद्यालय जेठ १५ गते मङ्गलबारदेखि १९ गते शनिबारसम्म बन्द गर्ने निर्णय गरेकोले पाँच दिन विद्यालय बन्द गरिएको बताउनुभयो ।

उहाँले अत्यधिक गर्मीका कारण बालबालिकाहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि पाँच दिनका लागि सबै विद्यालय बन्द गरिएको बताउनुभयो ।

सोही प्रकारले कोहलपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले पनि गर्मीले बालबालिकाहरू विद्यालय आउन कम भएपछि विद्यालयमा पाँच दिन बिदा दिइएको बताउनुभयो । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि बताइएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिकालाई बान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको जनाइएको छ ।

गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरूले पनि बिदा दिने तयारी गरेका छन् ।

चिकित्सकहरूले गर्मीसँगै तातो हावा र लु चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल