Alliancekhabar

बुधबार, जेठ १६, २०८१

म्याग्दी, जेठ १६ गते : गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् ।

मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको सिङ्गा उपशाखाको आयोजनामा आयोजित शिविरमा चारसय ५७ जनाले सेवा लिएको दर्शन फाउण्डेसनका पितमबहादुर सेनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अलिक बढी जोखिम रहने महिलाको स्वास्थ्यलाई मुख्य रुपमा महत्व दिँदै आयोजना गरिएको शिविरमा ९२ जना महिलाले स्त्री रोगसम्बन्धी सेवा लिनुभएको छ । त्यसैगरी हाडजोर्नी तथा नसा रोग, मुटु, सुगरलगायतका रोगको पनि सेवा आफ्नै ठाउँमा पाउँदा स्थानीयहरु उत्साहित भएका छन् ।’

दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा आयोजित सो शिविरमा विशेषज्ञ डाक्टरले निःशुल्क रुपमा सेवा दिनुभएको थियो ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको दर्शन फाउण्डेशनले सिंगामा गरेको स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइडसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेको छ । स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपिक सेवा पनि शिविरमा सिंगाबाट पाएको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक डण्डपाणि पौडेलले जानकारी दिनुभयो ।

हाड, जोर्नी, नसा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिडसम्बन्धी रक्त एवं पिसाब परीक्षण सिंगामै गर्नुका साथै परीक्षण गरिएका बिरामीलाई आवश्क सबैजसो औषधी निःशुल्क वितरण गरिएको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना भएको शिविरमा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथरोग डा. सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. विराट शर्मा, मेडिकल अफिसर डा. राज गुरुङले सेवा दिनुभएको थियो ।

बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. अन्जु थापा, मेडिकल अफिसर डा. रामु सापकोटालगायतको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल