Alliancekhabar

बुधबार, जेठ १६, २०८१

नवलपुर, जेठ १६ गते : एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ ।

सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ ।

सडक छेउमा फसेको बा प्र ०३–००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । नारायणघाट–बुटवल सडक योजनाको लापरवाही लामो समय बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउनु परेको थियो । सडक योजनाले उक्त ट्रकका चालक, सहचालक र सवारी धनी सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको भनेर गलत सूचना दिएकाले बाटो लामो समयसम्म अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।

योजनाले ट्रकसँग सम्बन्धित व्यक्ति वा ट्रकसँग सम्बन्धित व्यक्तिलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको थियो । तर प्रहरीले भने ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनीसँग पनि सम्पर्क भएको बताएको थियो ।

तर आयोजनाले यसो भने पनि ट्रक तान्ने क्रेन आउन ढिलाइ भएकाले बाटो सञ्चालनमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले ट्रक तान्न विशेष खालको क्रेन चाहिले र क्रेन मगाउन आयोजनाले ढिलाइ गरेको बताउनुभयो ।

ट्रक तान्न दुम्कीबाट मगाइएको क्रेन दाउन्नेमा जाममा फसेकाले अहिलेसम्म पनि घटनास्थलमा नपुगेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । क्रेन नआएपछि वैकल्पिक बाटो निर्माण गरेर सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । सडक आयोजना स्थलमा समस्या आए निर्माण कम्पनी आफैले तत्काल सहज गराउनु पर्ने भए पनि क्रेन ल्याउन नसक्दा लामो समय बाटो अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल