खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

सिन्धुपाल्चोक, १६ फागुन : खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा […]

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम, १६फागुन : सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । […]

मगर दिवसमा परम्पराको झल्को

गण्डकी, १६ फागुन : कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका । मङ्गलबार पोखरा सभागृह परिसरमा यी र यस्तै दृश्यले आगन्तुकलाई तानिरहेको थियो । सन्दर्भ थियो ४२औँ मगर दिवसको । […]

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा, १५ फागुन : बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिनुभयो ।“एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय […]

चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर

काठमाडौँ, १५ फागुन : चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक , तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ […]

पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा, १५ फागुन : धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको […]

उपप्रमुख सञ्जालको सातौँ बैठक सम्पन्न : संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौँ, १५ फागुन : काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई परिमार्जन गर्न माग गरेको छ । यसका लागि सञ्जालको आकस्मिक बैठक यही हप्ता काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा […]

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

काठमाडौँ, १५ फागुन : नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उहाँले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुन्नुभएको थियो । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन । उहाँको आज ८६औँ […]

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

काठमाडौँ, १४ फागुन : सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि […]

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

धनुषा, १४ फागुन : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल