Alliancekhabar

बिहिबार, जेठ २४, २०८१

हेटौँडा, जेठ २४ गते :   बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न वडाहरू छनोट गरिएको छ ।

प्रदेशका १३ जिल्लाको १३ वटा वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको १३ जिल्लाका १३ वटा पालिकाका एक÷एक वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरिएको जानकारी दिनुभयो ।

प्रदेश र छनोटमा परेका वडाका पालिकाको सहलगानीमा कार्यक्रम सञ्चालन गर्ने गरी नमुना वडा समाजवादी कार्यक्रमको अवधारणा बनाइएको छ । मन्त्री श्रेष्ठले कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट हुने जानकारी दिँदै ९० लाख रुपियाँ प्रदेश सरकारले उपलब्ध गराउने र सम्बन्धित पालिकाले १० लाख रुपियाँ बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गत आवमा २०७९/8८० को नीति तथा कार्यव्रmम नमुना वडा समाजवादी कार्यक्रमको अवधारणा ल्याएर बजेट व्यवस्था गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । चालु आवको नीति तथा कार्यक्रममा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने पुनः प्रतिबद्धतासँगै १५ करोड रुपियाँ बजेट व्यवस्था गरिएको छ ।

गत मङ्सिर १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको थियो ।

अब नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन प्रव्रिmया अगाडि बढाइने मन्त्री श्रेष्ठले बताउनुभयो ।

मानव सूचकाङ्कमा पछाडि परेका वडाको छनोट गरी कार्यक्रम सञ्चालन गर्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेको छ ।

वडा समाजवादी कार्यक्रम कार्यविधिमा व्यवस्था भए अनुसार पालिकाले सञ्चालन गर्ने कार्यव्रmमहरू ल्याएर प्रदेशमा पेस गरेपछि प्रदेशबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

कार्यक्रम कार्यान्वयनका लागि मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७, सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. १, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४, काठमाडौँको शङ्करापुर नगरपालिका वडा नं. २, ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. २ र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ छनोटमा परेका छन् ।

यस्तै बैठकले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ३, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३, रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नं. ५, धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ५, दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. १ र चितवनको माडी नगरपालिका वडा नं. ९ र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको वडा नं. १ मा नमुना वडा समाजवादी कार्यव्रmम सञ्चालन गरिने छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना पारित गरेको छ । मन्त्री श्रेष्ठले गुरुयोजना अन्तर्गत करिब तीन सय योजना रहेको बताउँदै प्राविधिकसँग सल्लाह गरेपछि योजना थपघट हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल