Alliancekhabar

बुधबार, जेठ २३, २०८१

रुकुमपश्चिम, जेठ २३ गते :  रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घाइते हुनेमा मुसीकोट नगरपालिका –२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर –५ निवासी ४० बर्षीय हरिचन्द्र केसी रहनु भएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातिमा चोट लागेको प्रहरीको भनाइ छ ।

सेरीगाउँस्थित विद्युत कार्यालयनजिक मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल