Alliancekhabar

बिहिबार, जेठ २४, २०८१

काठमाडौँ, जेठ २४ गते :   काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले बिहीबार विद्यालयको नाम र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थी सङ्ख्या सहितको सूचना प्रकाशन गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५०, काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था लागु गर्न महानगरले पहल सुरु गरेको छ ।

हालसम्म अन्य क्षेत्रमा यो व्यवस्था लागु हुन सकेका छैन । निजी विद्यालयहरूले विद्यार्थी माथि चर्को शुल्क मात्र सङ्कलन गर्ने तर छात्रवृत्ति भने नदिने गरेको महानगरको अनुगमनले देखाएको छ । केही विद्यालयले भने प्रक्रिया विना नै आफन्त र आफूखुसी मन खुसी पाराले छात्रवृत्ति उपलब्ध गराउने गरेको पाइएको छ । गरिब जेहेन्दार र अध्ययनशील विद्यार्थीका लागि यो छात्रवृत्ति उपलब्ध गराउनुपर्ने महानगरले जनाएको छ ।

यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गरेपछि जेठ २३ गते सम्ममा देहायका ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका सूचनामा उल्लेख गरेको छ ।

यसै साथ अन्य छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले तीन दिनभित्र कार्यालयमा विवरण उपलब्ध गराउन सूचित गरेको छ । विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने र कुनै जोखिम या असर परे त्यसको जवाफदेहिता विद्यालय स्वयंले व्यहोर्नुपर्ने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल