Alliancekhabar

बुधबार, जेठ २३, २०८१

अर्घाखाँची, जेठ २३ गते :   अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् ।

अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो ।

नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही रु. पाँच सय पनि प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल