काठमाडौँ, असोज २६ गते । रोहित पौडेलेको कीर्तिमान शतकको सहयोगमा नेपालले आइतबार आइसिसी क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले हराएको छ । विश्वकप लिग–२ मा नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ । आठ टिम सहभागी यस प्रतियोगिताबाट विश्वकप एकदिवसीयको छनोटमा सिधा प्रवेश पाउन शीर्ष चारमा पर्न आवश्यक छ । यद्यपि यस जितले नेपालको एकदिवसीय मान्यता […]
चितवन, असोज २६ गते । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरू मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरू मर्मत, ढलेका […]
गुल्मी, असोज २६ गते। गुल्मीको धुर्कोट दरबारमा ऐतिहासिक संग्राहलय निर्माण गरिएको छ । पुर्खाहरूले जीविवकोपार्जनका लागि प्रयोग गर्ने सामग्रीसहितको संग्राहलय निर्माण गरिएको हो । एक कार्यक्रमबिच उक्त संग्राहलयको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गर्नुभयो । संग्राहलयमा एक सयभन्दा बढी ऐतिहासिक सामग्रीहरू राखिएको छ । जसमा मदानी, ठेकी, माटाका खुत्रीकी, हलो, जुवाँ, कोदालो, फरुवा, जोतारा लगायतका […]
रेसुङ्गा, असोज २६ गते । गुल्मीका ऐतिहासिक कोतघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनासँगै दसैँविशेष पूजा सुरु भएको छ । तत्कालीन बाइसे–चौबिसे राज्यका इस्मा, मुसीकोट, धुर्कोट, चन्द्रकोट, चारपालालगायतका कोत तथा घमिर, अर्जे, रेसुङ्गा, मरभुङ्ग, अर्खाबाङ्ग, वामी, छत्रकोटलगायतका शक्तिपीठमा परम्परागत विधि अनुसार पूजा भइरहेको छ । यी कोत तथा शक्तिपीठमा घटस्थापनादेखि पण्डित र पुजारी उपवास बसेर दसैँभर पूजा गर्ने परम्परा […]
काठमाडौँ, असोज २६ गते । प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको खर्च र आम्दानीको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार वर्तमान संविधान कार्यान्वयन भएयता आव २०७३/७४ देखि सरकारले प्रत्येक वर्ष सोही दिन संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आएको छ । चालु आव २०८३/८४ का लागि पनि […]
काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी […]
तुलसीपुर, असोज २२ गते । दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार हुने भएपछि विमानस्थल पुनः नियमित सञ्चालनमा आउने आशा पलाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा धावनमार्ग विस्तारका लागि २५ करोड रुपियाँ विनियोजन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसहितको प्राविधिक टोलीले बुधबार विमानस्थलको निरीक्षण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिले आयोजना गरेको ‘समग्र […]
काठमाडौँ, असोज २२ गते । मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्ट (एफडब्लुसिएमएस) सूचीकृत वैदेशिक रोजगार व्यवसायी कम्पनीले मात्रै मलेसियामा श्रमिक पठाउन सक्ने गरी मेमो जारी भएको छ । मलेसियाको बेस्टिनेटले नेपालका रोजगारदातालाई पठाएको मेमो अनुसार यसअघि नै एफडब्लुसिएमएस मा सूचीकृत नेपालका २५ वटा प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पिआरए) र २५० वटा एसोसियट रिक्रुटमेन्ट एजेन्सी (एआरए) ले मात्रै […]
काठमाडौँ, असोज २१ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ । प्रधानमन्त्री दैवी […]
काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई […]