alliance khabar

सोमबार, आश्विन २६, २०८३

रेसुङ्गा, असोज २६ गते ।

गुल्मीका ऐतिहासिक कोतघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनासँगै दसैँविशेष पूजा सुरु भएको छ । तत्कालीन बाइसे–चौबिसे राज्यका इस्मा, मुसीकोट, धुर्कोट, चन्द्रकोट, चारपालालगायतका कोत तथा घमिर, अर्जे, रेसुङ्गा, मरभुङ्ग, अर्खाबाङ्ग, वामी, छत्रकोटलगायतका शक्तिपीठमा परम्परागत विधि अनुसार पूजा भइरहेको छ ।

यी कोत तथा शक्तिपीठमा घटस्थापनादेखि पण्डित र पुजारी उपवास बसेर दसैँभर पूजा गर्ने परम्परा छ । फूलपाती भित्र्याउने, नवमीमा विशेष पूजा तथा मेला आयोजना गर्ने र विजयादशमीमा टीका लगाउनेसँगै सरायँ खेल्ने चलनले यहाँको दसैँ संस्कृतिलाई विशिष्ट बनाएको छ ।

मुसीकोट कोत व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर सिंहका अनुसार कोतमा ठकुरी र सारू समुदायका दुई पुजारी तथा पङ्गेनी र घिमिरे समुदायका पण्डित आवश्यक पर्ने परम्परा छ । सप्तमीमा थापा समुदायको अनिवार्य उपस्थितिमा कुर्घाको बेलटारीबाट फूलपाती ल्याई बाजागाजासहित डोलामा राखेर कोतमा भित्र्याइन्छ ।

नवमीमा बलिसहित विशेष पूजा र मेला तथा दशमीमा टीकासँगै सरायँ खेल्ने चलन छ । इस्मा कोतमा अर्याल परिवारका ब्राह्मण मुख्य पण्डित र खड्का समुदायका व्यक्ति पुजारी रहने परम्परा छ । सहायक पण्डितसहित सात जनाले १० दिन नियमित पूजा गर्छन् । रजस्थलको रातामाटाबाट बेलसहित फूलपाती ल्याएर इस्मा मैदान हुँदै खड्ग भगवान्लाई बाजागाजासहित कोतमा भित्र्याइन्छ । नवमीमा विशेष मेला लाग्छ भने दशमीमा खड्ग भगवान्लाई मैदानस्थित मन्दिरमा भित्र्याएपछि पूजा सम्पन्न हुन्छ ।

इस्मामा फूलपातीका दिन पट्टा खेल्ने र मालश्री गाउने चलनसमेत थियो तर बसाइँसराइँ र नयाँ पुस्तामा परम्परा हस्तान्तरण हुन नसक्दा यी संस्कृति लोप हुने अवस्थामा पुगेको स्थानीय हरि पैयानीले बताउनुभयो । इस्मा कोत मनकामना पूजा समितिका अध्यक्ष खगराज बस्नेतले मौलिक परम्परा हस्तान्तरण हुन नसक्दा दसैँसँग जोडिएका संस्कृति हराउँदै गएको बताउनुभयो ।

धुर्कोट कोतमा पोख्रेल समुदायका पण्डित तथा खड्का, थापा, कार्की र घर्तीक्षेत्री समुदायका पुजारीले उपवास बसेर पूजा गर्छन् । हिमालय मावि धुर्कोट गाउँपालिका–५, वस्तुका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीका अनुसार सप्तमीमा जैसीथोकको बाटुलेबाट फूलपाती ल्याई साँझ बाजागाजासहित कोतमा भित्र्याइन्छ । नवमीमा विशेष मेला लाग्छ ।

गुल्मीदरबारको चारपालास्थित ईश्वरीदेवी मन्दिरमा अर्याल समुदायका मुख्य पण्डित र ठकुरी समुदायका पुजारी रहने परम्परा छ । ईश्वरीदेवी मन्दिर, गुल्मीदरबार गाउँपालिका–६ का मूल पण्डित होमनाथ अर्यालका अनुसार दसैँमा ११ देवता छोप्ने माझी, महत, महतरालगायतका ११ समुदायका हुन्छन् । अर्यालले सप्तमीको दिन खज्याङनजिकबाट फूलपाती ल्याउने चलन छ ।

दसैँमा माझी, महत, महतरालगायत ११ समुदायका प्रतिनिधिले ११ देवता छोप्ने चलन छ । सप्तमीमा खज्याङनजिकबाट फूलपाती ल्याइन्छ भने अष्टमी र नवमीमा विशेष पूजा गरिन्छ ।

चन्द्रकोटको खड्ग मन्दिरमा न्यौपाने, गौतम र पौडेल समुदायका पण्डित तथा थापा, फौजदार र लम्तरी समुदायका पुजारीले पूजा गर्छन् । सप्तमीमा रूपाकोटको जितारेडाँडाबाट फूलपाती ल्याइन्छ । नवमीमा बलिसहित विशेष पूजा, दशमीमा मौलामा अक्षता चढाएर टीकाटाला र पूर्णिमामा सरायँ खेल्ने परम्परा छ ।

खडक मन्दिर व्यवस्थापन समितिका तेजबहादुर थापाले बाइसे/चौबिसे राज्य एकीकरणपछि स्थानीयले मन्दिर स्थापना गरेर खडक हतियारको पूजा गर्ने गरेको बताउनुभयो । गुल्मी र अर्घाखाँचीको सरायँ संस्कृतिबारे विद्यावारिधि अनुसन्धान गरिरहेका वैकुण्ठ महतले संस्कृति संरक्षणका लागि जातीय विभेदरहित धार्मिक अभ्यास, गुठी संस्थानको आर्थिक व्यवस्थापन, राज्यको सहयोग र सामुदायिक सक्रियतासँगै नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ